उद्यमस्टार्ट (1st Batch) — व्यवसाय संवर्धन (Business Incubation) कार्यक्रम

उद्यमस्टार्ट (1st Batch) — व्यवसाय संवर्धन (Business Incubation) कार्यक्रम

आवेदन आह्वान सूचना

उद्यमशील (Udyamsheel) ले IEDI सँगको सहकार्यमा नवउद्यमी तथा प्रारम्भिक चरणका व्यवसायीहरूबाट उद्यमस्टार्ट (1st Batch) कार्यक्रमका लागि आवेदन आह्वान गर्दछ। यो एक संरचित तथा पूर्ण रूपमा निःशुल्क (Free) Business Incubation Program हो, जसको उद्देश्य नवीन सोचलाई व्यवहारिक, लगानीयोग्य तथा दिगो व्यवसायमा रूपान्तरण गर्नु हो।


कार्यक्रमको परिचय

उद्यमस्टार्ट ३-महिने व्यवसाय संवर्धन कार्यक्रम हो, जसले उद्यमीहरूलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा बजार केन्द्रित तयारीमा सहयोग गर्दछ।


कार्यक्रमका प्रमुख लाभहरू

छनोट भएका सहभागीहरूले निम्न सुविधाहरू प्राप्त गर्नेछन्:

  • व्यवसायिक योजना (Business Plan) विकास सहयोग
  • विशेषज्ञबाट मार्गदर्शन (Mentorship)
  • बजार तथा वित्तीय तयारी (Market & Financial Readiness)
  • लगानी तयारी तथा पिच प्रशिक्षण (Investment & Pitch Training)
  • Demo Day मा बैंक तथा लगानीकर्तासमक्ष प्रस्तुति गर्ने अवसर

योग्यता (Eligibility Criteria)

  • नवीन व्यवसायिक सोच भएका व्यक्ति वा प्रारम्भिक चरणका स्टार्टअपहरू
  • कार्यक्रम अवधिभर सक्रिय रूपमा सहभागी हुन प्रतिबद्ध
  • दिगो तथा विस्तारयोग्य व्यवसाय विकास गर्न इच्छुक

मुख्य जानकारी

  • आवेदन म्याद: बैशाख १२, २०८३
  • कार्यक्रम अवधि: ३ महिना
  • सिट संख्या: केवल ४० स्टार्टअप
  • शुल्क: १००% निःशुल्क

छनोट प्रक्रिया

आवेदनहरूको मूल्याङ्कन व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्याविधि, २०८२ अनुसार गरिनेछ।
छनोट भएका आवेदकहरूलाई मात्र Screening तथा Interview का लागि आमन्त्रण गरिनेछ।


आवश्यक कागजातहरू

आवेदकहरूले निम्न कागजातहरू पेश गर्नुपर्नेछ:

  • नागरिकताको प्रतिलिपि
  • व्यवसायिक आइडिया / अवधारणा (Concept Note)
  • PAN (भएमा)
  • व्यवसाय दर्ता प्रमाणपत्र (भएमा)
  • स्वघोषणा

आवेदन गर्ने तरिका

इच्छुक आवेदकहरूले तलको लिंकमार्फत अनलाइन आवेदन फारम भरी आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ:

👉 https://forms.gle/25CN3gwhh2QTiWLF9

थप जानकारीका लागि:
📧 info@udyamsheel.com


महत्त्वपूर्ण सूचना

कृपया आवेदन गर्दा सम्पूर्ण विवरणहरू सही र पूर्ण रूपमा भर्नुहोस्। अपूर्ण आवेदनहरू मूल्याङ्कनमा समावेश नहुन सक्छन्।


“केवल आइडिया होइन, वास्तविक व्यवसाय निर्माण गर्नुहोस्।”

j